ad ad

राजनीति


प्रहरी दिवसमा गृहमन्त्रीकाे निर्देशन– अपराधीले पनि नयाँ विज्ञानको प्रयोग गर्न थाले, चनाखो रहनुस्

प्रहरी दिवसमा गृहमन्त्रीकाे निर्देशन– अपराधीले पनि नयाँ विज्ञानको प्रयोग गर्न थाले, चनाखो रहनुस्

गृहमन्त्री बालकृष्ण खाण।


नेपालखबर
असोज ३१, २०७९ सोमबार १०:१५, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गरेका छन्। ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले सो कुरा बताएका हुन्।

‘अहिले संसारभरि नै आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले भने, ‘नयाँ विज्ञानको प्रयोग अपराधीले पनि प्रयोग गरिरएको अवस्था छ। सुरक्षाकर्मीहरुले अपराध नियन्त्रणमा प्रयोग गर्दै आउनुभएको छ। चनाखाे रहनुस्।’

प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै गृहमन्त्री खाणले नेपालमा नै अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र निर्माण गरेर अघि बढिएको उल्लेख गरे। 

‘नेपाल प्रहरी जसले बलिदान गर्नुभएको छ उहाँहरुको परिवारको क्षमता अभिवृद्धि गर्नका लागि सरकार तत्पर छ। नेपाल प्रहरीका लागि पनौतीको प्रहरीको तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र नेपालमा नै उपलब्ध गराउनेछ।’ गृहमन्त्री खाणले भने। 

उनले नेपाल प्रहरीलाई सवल र सुदृढ गर्नपर्ने बताउँदै आ–आफ्नो कार्यकालमा भएका कामहरुले देशले सो विषय सम्झिरहने दाबी गरे।

नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने क्रममा नेपाल सरकार र गृह मन्त्रालय सधैं अघि बढ्ने उनले प्रतिवद्धता जनाए। ‘गतवर्ष प्रधानमन्त्री देउवाकै निर्देशनमा प्रहरीमा साना तहका अधिकृतको विकासका लागि पदहरुको विकास गरेको छ। यसले प्रहरीको वृद्धि विकासमा महत्वपूर्ण काम गरेको छ।’ गृहमन्त्री खाणले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .