राजनीति


ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छः नेता कुइँकेल

ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छः नेता कुइँकेल

नेपालखबर
असोज २९, २०७९ शनिबार १६:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता दीपक कुइँकेलले काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरुले लिने बताएका छन्। 

शनिबार उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्रै नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए। 

घर्ती जस्तो राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु कुइँकेलले काठमाडौं २ का मतदाताका लागि खुसीको कुरा भएको उनले बताए। 

‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ। उहाँलाई जिताउने जिम्मा हाम्रो हो। काठमाडौं २ का कांग्रेसजन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो।’ 

संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानुन निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको उनले बताए। 

घर्तीले आफूलाई एक महिनाको समय दिन कार्यक्रममा सहभागी सबै दलका नेता कार्यकर्तालाई आग्रह गरिन्। 

आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाडौं २ का लागि पाँच वर्ष दिने बताइन्। उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय कांग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको साझा मिशन भएको उल्लेख गरिन्। 

‘गिरिजाबाबु, कमरेड प्रचण्ड र कमरेड माधव नेपाल मिलेर अघि बढाउनु भएको शान्ति र संविधानको मिशन हो’, उनले भनिन्, ‘अहिले व्यवस्था र संविधानमाथि प्रतिगामीहरुले आक्रमण गरिरहेका छन्, यो रोक्न वाम लोकतान्त्रिक गठबन्धन बनेको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .