ad ad

राजनीति


मंसिर ४ को चुनावमा कमल थापालाई एमालेको साथ

मंसिर ४ को चुनावमा कमल थापालाई एमालेको साथ

नेपालखबर
असोज २३, २०७९ आइतबार ८:१८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सहयोग गर्ने भएको छ।

यस विषयमा राप्रपा नेपालका अध्यक्ष थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो। 

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै छन्। 

‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदै छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सद्भाव र सहकार्यका लागि एमालेलाई धन्यवाद।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .