ad ad

राजनीति


नागरिकता विधेयक प्रमाणीकरण नगरिनु संविधान नै असफल पार्ने षड्यन्त्र : वाग्ले

नागरिकता विधेयक प्रमाणीकरण नगरिनु संविधान नै असफल पार्ने षड्यन्त्र : वाग्ले

नेपालखबर
असोज ५, २०७९ बुधबार ११:०, काठमाडौँ

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नागरिकता विधेयक प्रमाणीकरण नगरिनु संविधान नै असफल पार्ने षड्यन्त्र भएको दाबी गरेका छन्। 

संसदका दुवै सदनले दोस्रोपटक पारित गरी पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्नु घोर असंवैधानिक काम भएको आरोप उनले लगाएका छन्। 

‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै घोर असंवैधानिक काम गरिएको छ’, वाग्लेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो केवल विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, ऐतिहासिक संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो।’

उनले अगाडि भनेका छन्, ‘संविधानको संरक्षण र सफल कार्यान्वनका लागि ऐतिहासिक २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धीका पक्षधर सम्पूर्ण गणतन्त्रवादी, लोकतन्त्रवादी, संविधानवादी, प्रगतिशील र अग्रगामी राजनीतिक दल, नागरिक समाज, वौद्धिक समुदाय र सार्वभौम नागरिकहरू एकजुट हुनु अपरिहार्य छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .