ad ad

राजनीति


सर्वोच्च परिसरमा प्रहरी तैनाथ

सर्वोच्च परिसरमा प्रहरी तैनाथ

सर्वोच्च परिसरमा प्रहरी तैनाथ। तस्बिर : बसन्त अर्याल/नेपालखबर


नेपालखबर
असोज २, २०७९ आइतबार ९:५५, काठमाडौँ

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा फर्कने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ। 

अहिले अदालत परिसरमा नेपाल प्रहरी तैनाथ गरिएको छ। 

चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन कामु रजिष्ट्रारलाई शनिबार नै सूचना दिइसकेका थिए। सोही अनुसार आज सर्वोच्च जाने तयारीमा राणा रहेका छन्। 

सर्वोच्च परिसरमा प्रहरी तैनाथ। तस्बिर : बसन्त अर्याल/नेपालखबर

तर, सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बताएको छ। 

चोलेन्द्रलाई फर्काउने र नफर्काउने भन्नेबारे सर्वोच्च अदालतमै दुई गुट छन्। यसअघि चोलेन्द्रलाई नमान्ने भन्दै सबै न्यायाधीशले नै बेन्च बहिस्कार गरेका थिए। 

केही न्यायाधीश र कर्मचारी भने चोलेन्द्रको पक्षमा छन्।

उनले आफू निकटस्थहरुसँग आफू बहिर्गमनका लागि तयार भएको तर अदालतको प्रतिष्ठा जोगाउनका लागि फर्कन लागेको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .