ad ad

राजनीति


सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि छलफलमा जुट्दै सत्तारुढ दलका शीर्ष नेता

सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि छलफलमा जुट्दै सत्तारुढ दलका शीर्ष नेता

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार ७:१, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार(२६ भदौ) बिहान साढे ८ बजे नेताहरु छलफलमा जुट्ने भएका हुन्। 

यसअघि शनिबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविनै सकिएको थियो। 

जसपा नेता रामसहाय प्रसाद यादवले आइतबार बिहान साढे ८ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरू छलफलमा जुट्ने जानकारी दिए। 

बाँडफाँट कार्यदलले बुझाएको अपुरो प्रतिवेदनसहित शीर्ष नेताहरुले भागवण्डाको टुंगो लगाउनेगरी छलफल अघि बढाएका छन्। 

तर, दलहरु आ–आफ्नो अडानबाट पछि नहटेसँगै सहमति हुन सकेको छैन्। शनिबारको बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन्।

सम्मानजनक सिट नपाएको खण्डमा आफू गठबन्धनबाट बाहिरिने संकेत यादवले गरेका छन्। 

एक शीर्ष नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार सिटमा  कुरा नमिल्नुको कारण नेपाली कांग्रेस हो।

‘कांग्रेसको अस्वभाविक दाबीले समस्या ल्यायो, उ दाबीबाट पछि हट्नुपर्छ,’ ती नेताले भने।

कांग्रेसले आफ्नो अडानबाट तल नओर्ली सहमति नहुने अवस्था देखिएको छ। ‘काङ्ग्रेस नओर्ली सहमती हुँदैन,’ नेपालखबरसँगको अनौपचारिक कुरामा ती नेताले भने, ‘आज पनि केही भएन, त्यही त हो नि सिटको कुरा मिलेको छैन, सबै दाबी गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .