नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैं हुने गरेको बताएका छन्।
चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको उनले बताए।
काठमाडौंको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए।
पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठन अघि बढाउन विद्यालयलाई आग्रह गरे।
‘एउटा चुनाव जित्यो। त्यसपछि खुसी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ’, उनले भने, ‘उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर। जिन्दगी नै यसरी नै जाने हो। तर बालबालिकाहरुलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ।’
Shares
प्रतिक्रिया