राजनीति


बयानको दोस्रो दिन : सांसदहरुसँग चोलेन्द्रको चर्काचर्की (भिडिओसहित)

बयानको दोस्रो दिन : सांसदहरुसँग चोलेन्द्रको चर्काचर्की (भिडिओसहित)

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १६:२, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन दुई घण्टा मात्रै बयान दिएका छन्। 

सिंहदरबारमा बुधबार करिब ५ घण्टा बयान दिएका जबराले बिहीबार सवा ११ बजेदेखि २ घण्टासम्म बयान दिने क्रममा प्रश्न नम्बर ५ र ६ को मात्रै जवाफ दिन भ्याए।

समितिले तयार पारेका ४३ मध्ये ५ र ६ नम्बर प्रश्नको उत्तर जबराले दिएपछि बैठक आगामी १९ गतेसम्मलाई स्थगित गरिएको हो। 

सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको हो।

त्यसैगरी एमाले सांसदहरु कृष्णभक्त पोखरेल र विष्णुप्रसाद पौडेल गृहजिल्ला जाने भएपछि बयान स्थगित गरिएको हो।

आजको बयानमा जबरा र सांसदहरुबीच चर्काचर्की परेको छ।  

यी पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .