ad ad

राजनीति


प्रत्यक्षभन्दा समानुपातिक चुनावमा भाग लिने दलको संख्या घट्यो, कुन प्रदेशमा कति?

प्रतिनिधि सभामा ७६ दलको ६८ निवेदन
प्रत्यक्षभन्दा समानुपातिक चुनावमा भाग लिने दलको संख्या घट्यो, कुन प्रदेशमा कति?

नेपालखबर
भदौ १४, २०७९ मंगलबार ८:५३, काठमाडौँ

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फभन्दा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरुको संख्या घटेको छ। 

समानुपातिक निर्वाचनतर्फ भाग लिनका लागि ७६ वटा राजनीतिक दलले निवेदन दिएका छन्। 

निर्वाचन आयोगका उप सचिव एवं सह–प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार विभिन्न ७६ दलबाट ६८ वटा निवेदन परेका छन्। 

अर्यालले एक विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिने दलहरूको बारेमा जानकारी गराएका छन्। प्रत्यक्षतर्फ चुनावमा भाग लिनका लागि ८४ दलले दल दर्ता गराएका छन्। 

त्यस्तै, प्रदेशसभा निर्वाचनका लागि ७ वटै प्रदेशबाट वरेका निवेदन र राजनीतिक दलको बारेमा पनि जानकारी गराइएको छ। 

प्रदेश नं १ मा ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेश प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ जटा निवेदन, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको जानकारी आयोगले गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .