राजनीति


समाजवादी छाड्दै शाहीले भने-एमाले फुटाएर पछुतो र आत्मग्लानि भएको छ

समाजवादी छाड्दै शाहीले भने-एमाले फुटाएर पछुतो र आत्मग्लानि भएको छ

नेपालखबर
भदौ ९, २०७९ बिहिबार ७:३९, काठमाडौँ

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रम बहादुर शाहीले पार्टी छोडेका छन्। शाही सामाजिक सञ्जालमार्फत आफूले पार्टी छोडेर कुनै दलसँग आबद्ध नरहेको जनाएका छन्।

‘राष्ट्रघाती’ एमसीसी सम्झौता पास गर्नमा उनी आवद्ध पार्टी एकीकृत समाजवादीले पनि समर्थन गरेपछि रुष्ट बनेका शाही केही समययता पार्टीका काममा सक्रिय थिएनन्।

त्यसैले एकीकृत समाजवादीको केन्द्रीय कमिटीले उनको अध्यक्षको जिम्मेवारी खोसेर उपाध्यक्ष रहेका हर्क बहादुर सिंहलाई प्रदेश अध्यक्ष बनाएको थियो।

एमाले विभाजन गरेर कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई फाइदा पुर्‍याएकोमा पछुतो र आत्मग्लानि भएको शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।

‘२०५४ सालमा वामदेवले 'फुटबाट पनि शक्ति प्राप्त हुन्छ' भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे। गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो, त्यसको पछि लाग्नेमा म पनि थिए,’ उनले लेखेका छन्, ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्‍यायो। त्यसबापत पछुतो र आत्मग्लानि भएको छु, विगत ५-६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मिति देखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .