NepalKhabar NepalKhabar

राजनीति


कांग्रेसलाई ‘मार्ग परिवर्तन’ गर्न रवीन्द्र मिश्रको सल्लाह

कांग्रेसलाई ‘मार्ग परिवर्तन’ गर्न रवीन्द्र मिश्रको सल्लाह

फाइल तस्बिर


नेपालखबर
भदौ ४ , काठमाडौँ

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले देशको हितमा भन्दै सत्तारुढ नेपाली कांग्रेसलाई सल्लाह दिएका छन्। 

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले गठबन्धन सरकारको नेतृत्वकर्ता कांग्रेसलाई १० वर्ष सशस्त्र युद्ध गरेको माओवादीसँग मिलेकोप्रति रोष प्रकट गरेका हुन्। 

‘देशको हितमा कांग्रेसलाई सल्लाह’ शीर्षकमा मिश्रले लेखेका छन्, ‘यदि कांग्रेसले बीपी राजमार्ग नछोडेको र बीपी कोइरालाको यो पुस्तक गाउँगाँउसम्म पुर्याएको भए आज कांग्रेसले चुनाव जित्न आफ्नै सदस्य तथा नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको वैशाखी टेक्नुपर्ने थिएन। पाँच/छवटा पार्टीको गठबन्धन गर्दा नि एक्लो एमालेसँग चुनाव हारिएला भनेर डराउनुपर्ने थिएन।’

उनको सल्लाह छ, ‘कांग्रेसले जति छिटो मार्ग परिवर्तन गर्यो त्यति छिटो कांग्रेस र देश दुवैको भलो हुनेछ। यो देशको दूरगामी हित हुनेछ। अन्यथा कांग्रेसले कसै न कसैको वैशाखी टेकिरहनुपर्नेछ। र, त्यसले देशलाई घाटा गरिरहने छ।’ 

पूर्वपत्रकारसमेत रहेका मिश्र आफैं भने ‘मार्ग परिवर्तन’ गरी संघीयता र धर्मनिरपेक्षताविरोधी ‘विचार भन्दा माथि देश’ दस्तावेज ल्याएयता आलोचनाको केन्द्रमा छन्। उनको पार्टीसमेत छिन्नभिन्न भएको छ। 

भदौ ४, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:news[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.