राजनीति


माओवादी पदाधिकारीको टुंगो भोलि लाग्छ : महरा

माओवादी पदाधिकारीको टुंगो भोलि लाग्छ : महरा

नेपालखबर
भदौ १, २०७९ बुधबार १६:२५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको टुंगो भोलि (भदौ २ गते) लगाउने भएको छ। 

पार्टीको जारी स्थायी समिति बैठकले भोलि पदाधिकारी टुंगो लगाउने नेता कृष्णबहादुर महराले बताए।

सञ्चारकर्मीको जिज्ञासामा नेता महराले भने, ‘आज छलफल सुरु भयो। भोलि बिहान ८ बजे बस्ने बैठकबाट सबै टुंगिन्छ।’

उनले केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा केही सदस्य थप गर्नुपर्ने र पदाधिकारी टुंगो लगाउनुपर्ने भएकोले छलफल त्यसैमा केन्द्रित भएको बताए।

‘संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयौँ। संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए। केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु र पोलिटब्यूरोमा थप्नुपर्ने केही साथीहरु र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी टुंग्याउने विषय तपाईहरुको जिज्ञासाको विषय होला’ उनले भने, ‘यी सबै विषयमा हाम्रो विस्तृत छलफल भयो। करिब करिब हामी टुंगोमा पुगेका छौँ। भोलि बिहान ८ बजे सबै टुंगो लाग्छ। आज छलफलमा मात्रै केन्द्रित भयौँ। पदाधिकारी पनि भोलि टुंगो लाग्छ। आज छलफल शुरु भयो।’

गत पुसमा सम्पन्न माओवादीकाे आठौँ महाधिवेशनले पदाधिकार चयन, स्थायी समिति र पोलिटब्यूरो गठन गर्न बाँकी राखेको थियो। 

यसअघि बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति​ र पोलिटब्यूरो गठन गर्नुका साथै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गरिएको थियो।

२९९ सदस्यीय केन्द्रीय कमिटीसहित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष गरी १५ जना पदाधिकारीको व्यवस्था महाधिवेशनले गरेको छ।

पदाधिकारीमध्ये सर्वाधिक चासो महासचिव पदमा रहेको छ।

माओवादी महाधिवेशन : प्रचण्डले नदेखाएको राजनीतिक दस्तावेजका यी हुन् मुख्य बुँदा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .