राजनीति


माओवादी महाधिवेशन : प्रचण्डले नदेखाएको राजनीतिक दस्तावेजका यी हुन् मुख्य बुँदा

माओवादी महाधिवेशन : प्रचण्डले नदेखाएको राजनीतिक दस्तावेजका यी हुन् मुख्य बुँदा

नेपालखबर
पुस ११, २०७८ आइतबार १०:५२, काठमाडौँ

आज सुरु हुने पार्टीको आठौं महाधिवेशनका लागि आफूले लेखेको राजनीतिक दस्तावेज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेसम्म सार्वजनिक गरेका छैनन्। उनले एकैचोटि महाधिवेशन सुरु भएपछि वितरण गर्ने बताइरहेका छन्। 

धेरैलाई जिज्ञासा छ– उनको राजनीतिक दस्तावेजमा के के छ? 

यसैबीच अहिले पेरिसडाँडामा जारी केन्द्रीय कमिटी बैठकमा यस विषयमा छलफल भइरहेको छ। 

एक नेताले नेपालखबरलाई उपलब्ध गराएको जानकारीअनुसार प्रचण्डको राजनीतिक दस्तावेज ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकमा छ। जसका बुँदा यस्ता छन् : 

१. भूमिका/विषय प्रवेश

२. संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा

३. विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य 

४. पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन

५. नेपाली पुँजीवादीमाथिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे

६. समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु 

७. पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखा

यी पनि

माओवादी केन्द्र केन्द्रीय कमिटीको निर्णय : प्रथम राष्ट्रिय सम्मेलन होइन, आठौं महाधिवेशन

महाधिवेशन उद्घाटनमा माओवादी केन्द्रले बोलायो ११ पार्टीलाई, एमाले पनि छुटाएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .