ad ad

राजनीति


साना दल बिचौलिया भए, एमाले आफ्नै खुट्टामा उभिन्छ : प्रदीप ज्ञवाली

साना दल बिचौलिया भए, एमाले आफ्नै खुट्टामा उभिन्छ : प्रदीप ज्ञवाली

नेपालखबर
साउन २४, २०७९ मंगलबार १३:१०, काठमाडौँ

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तालमेल नगर्ने बताएको छ।

दल दर्ताका लागि निर्वाचन आयोग पुगेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मुलतः आफ्नै खुट्टामा उभिने दाबी गरे। ‘नेकपा एमाले मुलतः आफ्नै खुट्टामा उभिन्छ’ ज्ञवालीले भने।

कमजोर भएपछि मात्र गठबन्धन खोजिने भन्दै बहुमतसहितको सरकार बनाएको कांग्रेस देखेर दुःख लाग्ने उनले टिप्पणी गरे। 

‘गठबन्धन कुनै सामथ्र्य होइन, जो कमजोर छ त्यसले साहरा खोज्ने हो। अलिकति दुःख पनि लाग्छ, ०४८ र ०५६ मा बहुमत ल्याएको नेपाली कांग्रेस देशका कुनै ठाउँमा तालमेलबिना जान नसक्ने भएको छ।’ ज्ञवाीले भने।

आफ्ना एजेण्डा लिएर एमाले निर्वाचनमा जाने ज्ञावलीले भने।

‘स्थानीय तहमा तालमेल हामीले खुला राखेका छौं तर राष्ट्रब्यापी गठबन्धन बनाएर एमाले अघि बढ्देन,’ निर्वाचन आयोगमा उनले संचारकर्मीसँग भने। 

उनले नेपालको राजनीतिमा साना दलहरु विचौलिया बनेको पनि टिप्पणी गरे। ‘राजनीतिमा साना दलहरु विचौलिया बनेका छन्। एउटासँग तालमेल गर्ने र अर्कोसँग मिलेर सरकारमा जाने। जुन अस्थिरताको कारक बनेको छ।’ ज्ञवालीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .