ad ad

राजनीति


भीमार्जुनको तर्क : निर्वाचन मिति घोषणापछि संसद् स्वत: भंग हुन्छ, बिघटन गर्नुपर्दैन

भीमार्जुनको तर्क : निर्वाचन मिति घोषणापछि संसद् स्वत: भंग हुन्छ, बिघटन गर्नुपर्दैन

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०७९ मंगलबार १८:३२, काठमाडौँ

पछिल्लो समय प्रतिनिधिसभाको आयुलाई लिएर बहस भइरहेको छ। 

प्रतिनिधिसभाको आयुलाई लिएर विवाद भइरहेका बेला संविधानविद् डा. भीमार्जुन आचार्यले नयाँ तर्क गरेका छन्। 

उनले प्रतिनिधिसभाको आयु ५ वर्षको हुने बताउँदै नयाँ निर्वाचन घोषणासँगै स्वत: भंग हुने तर्क गरेका छन्। 

सरकारले काम चलाउने हुने भएपछि निर्वाचन मिति घोषणामा ढिलाइ गरिरहेको छ। निर्वाचन आयोगले आगामी मंसिर २ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सकिने सिफारिस सरकालाई गरेको छ। 

यस्तोमा आचार्यले संविधानत: आगामी मंसिर १० गते भित्र निर्वाचन भइसक्नुपर्ने तर्क गरेका छन्। 

'प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो। कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र अर्को निर्वाचन सम्पन्न भइसक्नु पर्छ', उनले भनेका छन्, 'निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ। विघटन गरिराख्नु पर्दैन।'

उनले संसद् नै नरहेपछि सांसद् रहने भन्ने कुरै नहुने बताए। 'स्थापित संवैधानिक अभ्यास र  मान्यताको कदर गरौँ', उनले भनेका छन्, 'अति नगरौँ। यस्ता अतिले धेरै क्षति भइसक्यो। अब बन्द गरौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .