ad ad

राजनीति


यो संसदको कार्यकाल सुखद रहेन, हामी पूर्वाग्राही भयौँ : सुदन किराती

यो संसदको कार्यकाल सुखद रहेन, हामी पूर्वाग्राही भयौँ : सुदन किराती

नेपालखबर
साउन १२, २०७९ बिहिबार १६:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पाँचे वर्ष कार्यकाल सुखद नरहेको बताएका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बसेको बैठकमा सांसद किरातीले दुई पटक विघटन भएकोले यो संसदको पाँच वर्ष कार्यकाल सुखद नभएको बताएका हुन्। 

आफू सदस्य रहेको समितिकोसमेत सांसद किरातीले आलोचना गरे। 

‘देशको कार्यकारी प्रधानमन्त्रीले आफ्नै निवासमा चार घण्टा विदेशी गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्दा समेत नजर अन्दाज गयौँ', उनले भने, 'एउटा पनि बैठक बोलाउने हैसियत राखिएन, त्यसैले यो समिति र सदस्यहरु पूर्वाग्राही भयौँ।’

सांसद किरातीले अमेरिकी सैन्य कार्यक्रम एसपीपी लागू नगर्ने भनेर सरकारले गरेको निर्णय तत्काल चिठी पठाएर संसदबाट जनतालाई जानकारी दिनुपर्ने बताए। 

राष्ट्रियताको सवालमा दुई प्रवृत्तिलाई परास्त गनुपर्ने सांसद किरातीले बताए। नागरिकता विधेकसम्म आउँदा चर्को पुरुष अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मसमर्पणवाद देखिएको किरातीले बताए। त्यसलाई परास्त नगरेसम्म समस्याले निकास नपाउँदा देशले सुख पनि नपाउने बताए। 

सांसद किरातीले भूतपूर्व गोर्खाहरुको समस्यबारे पनि समितिमा कुरा उठाए। ‘बेलायतका भूपू गोर्खाहरु समस्यमा छन्। त्योभन्दा बढी सिंगपुरका भूपू गोर्खाहरु अन्ययमा छन्', उनले भने, 'यो गोर्खाहरुको मात्रै सवाल होइन, नेपाल सरकार र समग्र राष्ट्रको समस्या पनि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .