नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले नेपाललाई सिक्किमको बाटोमा लैजाने गरी पाँच दलीय गठबन्धन सरकारले नागरिकताको प्रावधान खुकुलो बनाउने कानुन ल्याउन लागेको बताएका छन्।
सरकारले अघि बढाएको नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव हालेका सांसद बोगटीले अब नेपाल सिक्किम हुन समय नलाग्ने पनि बताए।
'नेपाल अब सिक्किम हुन बेर छैन। एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने प्रावधान ल्याउँदैछ यो सरकारले', उनले भने, 'यो कहाँबाट भएको हो? यस्तो कुरा कहाँबाट आउँछ? यो सिक्किम बनाउने योजनासहित अमुक देशबाट परिचालित भएर आएको छ।'
बोगटीले नागरिकताका कारण नेपालको अस्तित्व गुमेर सिक्किम हुन सक्ने चेतावनी पनि दिए।
'वैवाहिक अंगीकृत नागरिकतामा समय राख्नुपर्छ', उनले भने, 'हामीले कम्तीमा ७ वर्षसम्म समय राख्नुपर्छ। महिला या पुरुष जे भए पनि बिहे गरेर आउनेलाई सिन्दुरसँगै नागरिकता दिनु हुँदैन।'
Shares

प्रतिक्रिया