राजनीति


जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन : मतदातालाई नमस्कार गर्न नभुल्नू, हप्कीदप्की नगर्नू

जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन : मतदातालाई नमस्कार गर्न नभुल्नू, हप्कीदप्की नगर्नू

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०७९ बिहिबार १६:२०, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुलाई कडा निर्देशन दिएका छन्

दुई दिनदेखि काठमाडौंमा जनप्रतिनिधिका लागि सञ्चालित प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'मतदाताहरुलाई हप्पकीदप्की नगर्नुहोला। सबैसँग नम्र भएर प्रस्तुत हुनुस्। जितिसकेँ भने नमस्कार गर्न नभुल्नु होला। नमस्कार गर्ने काम तपाईंहरुकै हो', उनले भने, 'यसो गर्दा तपाईंहरुको वेट घट्दैन।' 

नेपालले जितिसकेँ भनेर नमस्कार अरुले गर्छन् म टाउको हल्लाउँछु नभन्न पनि जनप्रतिनिधिलाई भने। 

'ध्यान दिएर काम गर्नुहोला। बोली बचन नरम बनाउनु होला। सकैलाई बेवास्ता नगर्नुहोला', उनले भने, 'तपाईंहरुकै गतिविधिले पार्टीको भविष्य निर्धारित गरेको छ। त्यसैले इमानसाथ जनताको सेवा गर्नुहोला।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .