ad ad

राजनीति


जनार्दन शर्मामाथि छानबिन : अर्थमन्त्रालयको गेटदेखिका सीसीटीभी फुटेज हेर्दै संसदीय समिति

थप प्रमाण जुटाउन सचिवहरुसँग पनि छलफल गरिँदै
जनार्दन शर्मामाथि छानबिन : अर्थमन्त्रालयको गेटदेखिका सीसीटीभी फुटेज हेर्दै संसदीय समिति

फाइल तस्बिर


नेपालखबर
असार ३२, २०७९ शनिबार १६:६, काठमाडौँ

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरु गरेको छ। 

शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूलगेटदेखिकै सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो। 

समितिका सचिव सुरेन्द्र अर्यालले शनिवार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको बताए। 

उनले शनिबारै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थ सचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताएका छन्। 

अर्यालले शनिबार नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताएका छन्। 

‘सीसीटीभीको बारेमा हेर्ने काम पनि भयो। आज आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने, त्यसपछि अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने। साथै अर्थ मन्त्रालयका राजश्व सचिव र अर्थ सचिवसँग छलफल गर्ने आज प्राविधिक विषय सीसीटीभीको विषयमा केन्द्रित भएर हामी छलफल गर्ने कार्यक्रम छ’, उनले भने, ‘बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर अनुसन्धान गरिरहेका छौँ। हामी अहिले अर्थको मुल ढोकादेखि त्यहाँ जडान गरिएका सीसीटीभीका फुटेजमा नै केन्द्रित छौँ।’

सचिव अर्यालले प्राविधिक विषय सीसीटीभीबारे केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पुयाउने गरी अघि बढेको बताए। 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई जेठ १४ गते राति अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। 

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .