ad ad

राजनीति


प्रचण्ड भन्छन् : भारतपछि अब छिट्टै चीन भ्रमणमा पनि जान्छु

प्रचण्ड भन्छन् : भारतपछि अब छिट्टै चीन भ्रमणमा पनि जान्छु

नेपालखबर
असार ३१, २०७९ शुक्रबार १३:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै चीन भ्रमणमा जाने बताएका छन्।

शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो जानकारी दिएका हुन्। 

‘कोभिडको करिब करिब नियन्त्रणमा आउँदैछ, अब तपाई चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ। मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु,’ प्रचण्डले भने, ‘हिजो भारतीय राजदूतसँग कुरा गर्दा उपयुक्त समयमा आउनु भन्नुभएको थियो, चीनसँग पनि त्यस्तै कुरा भएको छ। त्यसकारण छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ।’

प्रचण्डले चिनियाँ विदेशमन्त्री नेपाल आउनु र आफ्नो भारत भ्रमण हुनुबीच कुनै सम्बन्ध नभएको बताएका छन्। 

प्रचण्ड दुई दिनसम्म भारतमा रहनेछन्। प्रचण्डले भाजपा मुख्यालय पनि भ्रमण गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .