राजनीति


दिल्लीतिर उड्नुअघि प्रचण्डले भने : मेरो भ्रमण आकस्मिक होइन

दिल्लीतिर उड्नुअघि प्रचण्डले भने : मेरो भ्रमण आकस्मिक होइन

दिल्ली उड्नुअघि विमानस्थलमा प्रचण्ड। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
असार ३१, २०७९ शुक्रबार १२:५९, काठमाडौँ

सत्ता साझेदारा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिनका लागि भारततर्फ प्रस्थान गरेका छन्। 

भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भारत भ्रमण आकस्मिक नभएको बताएका छन्। 

‘देख्नलाई यो भ्रमण आकस्मिक जस्तो देखियो,’ उनले भने, ‘तर, यो मेरा लागि यो भ्रमण आकस्मिक होइन।’

राजदूत विनयमोहन क्वात्रा भएको बेलामा उपयुक्त समयमा भारत भ्रमणमा आउने प्रतिवद्धता जनाएको प्रचण्डले बताए। 

नेपालमा वाम गठबन्धन बनाउन चीन सक्रिय भइरहेको चर्चाबीच प्रचण्डको दिल्ली भ्रमण हुन लागेको हो।

तर प्रचण्डको सचिवालयले यो भ्रमण डेढ महिनाअघि नै तय भएको जनाउँदै अहिले संयोग मात्रै मिलेको उल्लेख गरेको छ।

प्रचण्ड दुई दिनसम्म भारतमा रहनेछन्। प्रचण्डले भाजपा मुख्यालय पनि भ्रमण गर्ने बताइएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि भाजपा मुख्यालय पुगेका थिए।

नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .