राजनीति


प्रचण्ड, गगन र घनश्याम एउटै मञ्चमा

प्रचण्ड, गगन र घनश्याम एउटै मञ्चमा

नेपालखबर
असार २९, २०७९ बुधबार १९:३५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि कांग्रेसका महामन्त्री गगन थापा र एमालेका नेता घनश्याम भुसाल एउटै मञ्चमा सहभागी हुने भएका छन्। 

नेपालमा विज्ञान तथा सूचना–प्रविधि सम्बन्धी नीति सम्वाद कार्यक्रममा उनीहरु होटल हिमालयमा बिहीबार एकै ठाउँमा सम्बोधन गर्न लागेका हुन्। 

कार्यक्रममा प्रचण्डलाई प्रमुख अतिथि बनाइएको छ भने गगन, घनश्याम, लोसपाका नेता अनिल झा र कल्याणी खड्कालाई अतिथि बनाइएको छ।  

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सांसद, विश्वविद्यालयका प्रतिनिधि, सबै मन्त्रालयका सहसचिव, विकास साझेदार, नागरिक समाजका प्रतिनिधिको सहभागिता रहने आयोजक संस्था अल्टरनेटिभ फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .