ad ad

राजनीति


संसदमा नवराज सिलवाल : प्रहरीलाई हतियार होइन, विचौलिया र नेतालाई पैसा चाहिएको हो

संसदमा नवराज सिलवाल : प्रहरीलाई हतियार होइन, विचौलिया र नेतालाई पैसा चाहिएको हो

फाइल तस्बिर


नेपालखबर
असार २७, २०७९ सोमबार १३:१७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ।

सोमवार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद नवराज सिलवालले सरकारले ८४

करोड रुपैयाँ बराबरको हतियार किन्न बजेट रकमान्तर गरेको भन्दै त्यसमा आपत्ति जनाए। 

उनले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको बताए। 

सिलवालले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको जिकिर गरे। उनले विचौलिया र राजनीतिक व्यक्तिहरुलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको बताए।

उनले हतियारको कमिशन तीन सय प्रतिशत सम्म बढाएर रकमान्तर गरिएको बताए।

‘हालका उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई फसाउने, जेल हाल्ने र अख्तियार लगाएर कठघरामा ल्याउने ढंगले प्रपञ्चका साथ हतियार किन्ने रणनीति अगाडि बढेको छ। यसको हामी भर्त्सना गर्न चाहन्छौँ। नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन’, उनले भने, ‘नेपाल प्रहरीलाई अहिले व्यारेक चाहिएको छ। नेपाल प्रहरीलाई अहिले प्रविधि चाहिएको छ। अहिले डिजिटल क्राइमहरु बढेका छन्। अर्घनाइज क्राइम बढेका छन्। उसलाई अनुसन्धानमा योग्य बनाउनु पर्यो। नेपाल प्रहरीलाई हतियार होइन प्रविधि चाहिएको छ।’

उनले गठबन्धनका नेता र मन्त्रीहरुलाई कमिशन चाहिएको बताए। ‘कमिशन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्रलाई तहसनहस गर्ने गरी ८४ करोडको हतियार किन्ने योजना आएको छ यो राष्ट्रघात हो’, उनले भने, ‘हतियारको कमिशन दुई सय, तीन सय प्रतिशतसम्म बढाएर, कोटा बढाएर देशलाई लुट्ने, राज्यलाई लुट्ने ढंगले गठबन्धन अगाडी बढेको छ। यो धोका हो। मुलुकप्रतिको राष्ट्रघात हो।’

सिलवालले हाल नेपाल प्रहरीलाई हतियार नभई व्यारेक र प्रविधि चाहिएको बताएका छन्। प्रहरीलाई प्रविधि भित्र्याएर अनुसन्धानमा सक्षम बनाउनुपर्ने उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .