ad ad

राजनीति


माओवादीले बनायो १२५ सदस्यीय पोलिटब्युरो

माओवादीले बनायो १२५ सदस्यीय पोलिटब्युरो

नेपालखबर
असार २३, २०७९ बिहिबार १५:०, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो बनाएको छ। अहिले ती नामहरू प्रज्ञा भवन कमलादीमा बाचन भएको छ।

असार १९ गतेदेखि जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार १२५ सदस्यीय पोलिटब्युरो घोषणा गरेका हुन्। 

पोलिटब्युरोको वरीयताको पहिलो नम्बरमा प्रचण्डकै नाम छ। त्यसपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र तेस्रो नम्बरमा पूर्व सभामुखसमेत रहेका कृष्णबहादुर महराको नाम रहेको छ। 

माओवादीले गत पुसमा काठमाडौंमा आठौं महाधिवेशनबाट अपूरो केन्द्रीय कमिटी बनाएको थियो। त्यसलाई पनि यही बैठकमा पूर्णता दिइएको छ। 

प्रचण्डमाथि अहिले पार्टीभित्रबाटै पोलिटब्युरो, स्थायी कमिटी र महासचिवसहितका पदाधिकारी पनि यथाशिघ्र टुंग्याउन दबाब छ। 

यी हुन् माओवादीका पोलिटब्यूरो सदस्य (सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .