राजनीति


कांग्रेस र माओवादीको भूमिका ठिक भएन, ओलीसँग मिल्न सकिँदैन : माधव नेपाल

कांग्रेस र माओवादीको भूमिका ठिक भएन, ओलीसँग मिल्न सकिँदैन : माधव नेपाल

नेपालखबर
असार १४, २०७९ मंगलबार १८:५७, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको भूमिका ठिक नभएको बताएका छन्। 

पार्टीको सोमबारदेखि जारी केन्द्रीय परिषद्को पहिलो बैठकलाई मंगलबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

उनले केन्द्रमा भएको समझदारी ठिक भए पनि तल्ला तहमा बिग्रिएको उल्लेख गरे। 

केन्द्रीय परिषद सदस्यहरुलाई प्रशिक्षण दिँदै नेपालले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी पनि गठबन्धनमा इमानदार हुन नसकेको आरोप लगाए।

`केन्द्रमा गरेको समझदारी उचित नभएको होइन। महानगर र उपमहानगरमा ठिकै हो,´ उनले परिषद् बैठकको समापन समारोहमा भने,`माओवादी र काङ्ग्रेसको भूमिका ठिक रहेन। जसपा र जनमोर्चाले पनि तल्लो तहमा ठिक भूमिका खोलेनन्

ओलीसँगको संघर्ष जारी
सोमबारबाट बसेको बैठकमा समूहगत छलफलपछि आएका प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्ष जारी रहेको बताए। 

उनले ओलीसँग सहकार्यको सम्भावना हुँदै नभएको पनि दाबी गरे। `ओलीसँग सहकार्य सम्भावना छँदै छैन,´ नेपालले भने, `चुनावसम्म त झन् छँदै छैन। कार्यकर्ताको संरक्षण हामी गर्छौं

ओलीले आफूहरुको अस्तित्व नै नस्वीकारेको नेपालले बताए। `केपी ओलीसँगको हाम्रो संघर्ष जारी छ,´ उनले भने, 'जसले हाम्रो अस्तित्व स्वीकार्दैन, तथानाम गाली गर्छ, अपमान गर्छ त्योसँग मिल्न सकिन्न।'

एमाले वैचारिक रुपमा स्खलित भइसकेको पनि उनले बताए।  `वैचारिक रुपमा केपी ओली र एमाले स्खलित भइसकेका छन्', उनले भने, 'दृष्टिकोणमा पनि विचलन देखा परेको छ।'

अमेरिकी सहायता परियोजना एमसीसी र सैन्य सम्झौता एसपीपी अघि बढाउने काम पनि ओलीले नै गरेको आरोप नेपालले लगाए। `एमसीसीमा सम्झौता गर्ने र एसपीपी अघि बढाउने पनि उही केपी ओली हो,´ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .