राजनीति


प्रधानमन्त्री संसदीय समितिमा गएनन्, माधव नेपाल बाहिरिए

प्रधानमन्त्री संसदीय समितिमा गएनन्, माधव नेपाल बाहिरिए

नेपालखबर
असार ५, २०७९ आइतबार १०:२६, काठमाडौँ

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन्। देउवालाई आज समितिको बैठकमा डाकिएको थियो। 

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष तथा समितिका सदस्य माधव कुमार नेपाल पनि बैठक सुरु नहुँदै बाहिरिएका छन्। उनी सिंहदरबारस्थित बैठकस्थलमा भने पुगेका थिए। 

यद्यपी आफू बाहिर अन्य कार्यक्रममा ब्यस्त भएका कारणले समितिको बैठकबाट निस्किएको जानकारी उनले गराएका छन्। ‘मेरो बाहिर मिटिङ छ। म लागेँ,’ उनले बैठकबाट बाहिरिँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिए।

यसअघि संसदमा जवाफ दिने बेलामा पनि प्रधानमन्त्री देउवा उपस्थित भएका थिएनन्।

यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो। शुक्रबारको बैठकमा विवादित बन्दै गएको स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) बारे छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad