राजनीति


त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै, उपप्रमुखमा एमाले अगाडि

त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै, उपप्रमुखमा एमाले अगाडि

नेपालखबर
जेठ १५, २०७९ आइतबार ९:४, काठमाडौँ

उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन्। कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले १० हजार १ सय २ मतसहित अग्रता लिएका हुन्। 

बस्नेतलाई पछ्याइरहेको एमालेका उमेदवार भागवत राउतले ८ हजार ३५२ मत प्राप्त गरेको निर्वाचन आयोगले प्रविष्ट गरेको तथ्यांकमा उल्लेख छ।

नेकपा एकीकृत समाजवादीका मेयरका उमेदवार बलदेव चौधरी ७ हजार २५५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। 

उपप्रमुखमा एमालेकी महेश्वरी राईले ९ हजार १ सय १६ मत प्राप्त गरेकी छिन्। उनकी प्रत्यासी कांग्रेसकी सरिता राईले ९ हजार ४५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .