ad ad

राजनीति


बालेनकी श्रीमतीको बधाई सन्देश : तिमी मेरोबाट हाम्रो बालेन भयौ

बालेनकी श्रीमतीको बधाई सन्देश : तिमी मेरोबाट हाम्रो बालेन भयौ

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १३:२९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई उनकी श्रीमती सबिना काफ्लेले बधाई दिएकी छिन्। सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनले ‘तिम्रो संयमता नै तिम्रो शक्ति हो’ भनेकी छिन्। 

निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका बालेन निर्वाचित भएसँगै धन्यवाद र्‍यालीमा सहभागी छन्। उनकी पत्नी काफ्लेले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ। तिम्रो संयमता नै तिम्रो शक्ति हो। दिन रात नभनी तिमीले गरेको मिहिनेतको फल आज सबै सामु प्रष्ट छ। तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन!’

उनले आफ्नो कार्यकालमा कहीँ कतै नडगमगिने शक्ति मिलोस् भन्दै कहिल्यै हार्न नदिने बताएकी छिन्। ‘घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन्। म तिमीलाई कहिले हार्न दिने छैन। मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ।’ उनले उल्लेख गरेकी छिन्।

उनले बालेनको विश्वास, माया, साथ र दृढतालाई सम्झिएर आफू ढुक्क भएको बताए। ‘घरी घरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ,’ उनले भनेकी छिन्, ‘चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन।

तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस्। अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस्। पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस्। तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .