ad ad

राजनीति


निजगढ विमानस्थल रोक्ने सर्वोच्चको फैसलाले संकट ल्याउँछ : शंकर पोखरेल

निजगढ विमानस्थल रोक्ने सर्वोच्चको फैसलाले संकट ल्याउँछ : शंकर पोखरेल

फाइल फोटो


नेपालखबर
जेठ १२, २०७९ बिहिबार १८:३२, काठमाडौँ

बाराको निजगढमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिनु विकासविरोधी काम भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्। 

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दिने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत भएको बताएका हुन्। 

पोखरेलले सामाजिक सन्जाल ट्विटरमार्फत सर्वोच्चको फैसलामा आपत्ति प्रकट गरेका हुन्।

सर्वोच्चको यो फैसला कार्यकारी (सरकार) को काममा हस्तक्षेप भएको पनि उनले बताएका छन्। 'कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो हो', उनले भनेका छन्, 'यस निर्णयले काठमाडौं-निजगढ फास्ट ट्र्याकको लगानीलाई समेत डुबाउने छ। यससँगै मुलुकलाई आर्थिक संकटमा पनि फसाउने छ। गम्भीर र जिम्मेवार बनौँ।'

बिहीबार मात्रै निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय सर्वाेच्चले बदर गरेको थियो।

सर्वोच्चले रोक्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, विकल्प खोज्न आदेश

सर्वाेच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले यस्तो फैसला सुनाएको थियो।

पूर्ण इजलासको उत्प्रेषणको आदेशले निजगढ विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको थियो।

वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको वृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .