कैलालीको कैलारी गाउँपालिका–७ स्थित विपतपुरमा रहेको मुक्त कमैया शिविरमा आगलागी हुँदा कम्तीमा ५० घर जलेर नष्ट भएका छन्।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीका अनुसार अहिले पनि दमकलले आगो निभाउने कार्य गरिरहेका छन्।
‘यकिन क्षतिको विवरण आउन बाँकी छ। अहिले पनि आगो निभाउने कार्य जारी छ,’ उनले भने, ‘ ५० घर जति जलेको छ। घरमा राखिएको धानबाली नष्ट भएको छ।’
खेतमा गहुँ काटेर बाँकी रहेका नलीमा लगाइएको आगो हावाले उडाएर ल्याउँदा बस्ती आगलागी भएको हो। आगलागीलाई धनगढी उपमहानगरपालिका लगायत वरपरबाट आएका ३ दमकल तथा स्थानीयले निभाइरहेका छन्।
धनगढीबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत आगलागी भएको स्थानमा पुगेका छन्।
42
Shares
प्रतिक्रिया