राजनीति


बुटवलमा उम्मेदवार सिफारिसप्रति कांग्रेसमा असन्तुष्टी, आकांक्षीसँग छलफल नगराएको आरोप

बुटवलमा उम्मेदवार सिफारिसप्रति कांग्रेसमा असन्तुष्टी, आकांक्षीसँग छलफल नगराएको आरोप

सुदीप भण्डारी
बैशाख ६, २०७९ मंगलबार १७:२६, बुटवल

बुटवलको मेयरमा नेपाली कांग्रेस उपमहानगर समितिले गरेको सिफारिसप्रति असन्तुष्टी बढेको छ।

उपमहानगर सभापति खेलराज पाण्डेको सिफारिस प्रति कांग्रेस रुपन्देही २ का क्षेत्रीय सभापति हरि लम्साल लगायतका नेताले विरोध जनाएका हुन्।

उपमहानगर समितिको बैठकले सभापति खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा मेयरमा सिफारिस गरेको थियो। आकांक्षीहरुबीच कुनै छलफल नगराई विधि मिचेर उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय सभापति हरि लम्सालले नेपालखबरलाई बताए।  

प्रक्रिया नै नपुर्याइ विधान विपरित काम गरिएको असन्तुष्ट पक्षको आरोप छ।  

लम्सालले भने, ‘हामीले प्रदेश कार्यालयमा आएर ध्यानाकर्षण पत्र दिएका छौं।’ 

खेलराज पाण्डे संस्थापनइतर अर्थात कोइराला पक्षबाट उपमहानगर सभापति जितेका हुन्। उम्मेदवारीको सिफारिसको विरोध गर्नेमा संस्थापन र इतर दुवै पक्षका नेता छन्।

हरि लम्साल पनि इतर पक्षबाटै क्षेत्रीय सभापतिमा विजयी भएका थिए। उनी पनि मेयरका आकांक्षी थिए।

लम्साल सहित २ ‘क’का प्रदेश क्षेत्रीय सभापति पर्शुराम ढकाल, र ‘ख’ का सभापति खड्कबहादुर महत, प्रदेश समितिका कोषाध्यक्ष प्रकाश राना, जनक कोइराला, महेशमान सिंह, चोपनारायण श्रेष्ठ, चुन्नुप्रसाद पौडेल, रविन्द्र श्रेष्ठ, जितबहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराई, नारेश्वर पौडेल, गोकर्ण बन्जाडे, मुक्ति अधिकारी, जोगबहादुर खत्री लगायत रहेका छन्।

उम्मेदवारमा सिफारिस भएका खेलराज पाण्डेले विधिसम्मत नै सिफारिस भएको बताए। 

‘उपमहानगर समितिको बैठकमा कसको इच्छा छ कसलाई चाहनुहुन्छ भन्नुस् भनेर बोल्न दिएको हो। २ घण्टा जति छलफल भयो। चर्चा भएका नामहरूमा पनि छलफल भए’ उनले भने, ‘सबैले सर्वसम्मत रुपमा मेरै नाम ठीक हुन्छ भने। नगरको बैठकले सिफारिस गर्ने हो अन्त भएको निर्णय पनि त्यसरी भएको हो।’ 

पाण्डेले कसैले असन्तुष्ट जनाएकोबारे आफूलाई थाह नभएको त्यसबारे बुझ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .