ad ad

राजनीति


प्रदेश मन्त्री थापाले देखाए पोखरा महानगरको मेयरमा आकांक्षा

प्रदेश मन्त्री थापाले देखाए पोखरा महानगरको मेयरमा आकांक्षा

वाशुदेव मिश्र
बैशाख ४, २०७९ आइतबार १५:६, पोखरा

गण्डकी प्रदेशका बहालवाला मन्त्री विन्दुकुमार थापाले पोखरा महानगरको मेयरमा आकांक्षा देखाएका छन्।

उनले आइतबार सवा २ बजे कांग्रेस  पोखरा महानगर समितिले आह्वान गरे बमोजिम मनोनयन दर्ता गराएका हुन्।

उनी गण्डकीका कानुन, न्याय तथा प्रदेश मामिलामन्त्री हुन्।

कास्की क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निर्वाचित उनले जित्ने उम्मेदवार आफू भएको जिकिर गर्दै उम्मेदवार बनेको बताए।

पोखराको मेयर क्षमतावान र स्वच्छ छविको हुनुपर्ने कार्यकर्ताको दवावका कारण उम्मेदवारी दिए पनि पार्टीको निर्णय सर्वोपरि हुने उनको भनाइ छ।

हालसम्म मेयरमा १२ र उपमेयरमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

​ मेयर र उपमेयरको निवेदन लिएर भोलि एक महिलासहित ३ जना सिफारिस गरिने पोखरा नगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेले बताए।

मेयरको लागि ५ सय दर्ता शुल्क र २५ हजार एवं उपमेयरको लागि २० हजार सहयोग लिएर उम्मेदवारी दर्ता गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .