ad ad

राजनीति


दिल्ली पुगे प्रधानमन्त्री देउवा

दिल्ली पुगे प्रधानमन्त्री देउवा

नेपालखबर
चैत १८, २०७८ शुक्रबार १६:८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्।

देउवालाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरे।

पत्नी आरजु देउवा चार मन्त्रीसहित ५० जनाको जम्बो टोली लिएर देउवा भारत प्रधानमन्त्री भारत पुगेका हुन्। 

देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन्। 

सरकारले प्रधानमन्त्री देउवाले ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ। ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .