प्रदेश १ सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ।
आइतबार प्रदेश १ सरकारले संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।
राति १२ बजे देखि बैठक अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको समाजिक विकासमन्त्री राजन राईले बताए।
चालू अधिवेशनकै बेला नामको विषय टुङ्गो लगाउने चर्चा भए पनि अधिवेशन अन्त्यसँगै नामकरणको विषय तत्काल टरेको छ।
18
Shares
प्रतिक्रिया