ad ad

राजनीति


राष्ट्रियसभा निर्वाचन : कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने

राष्ट्रियसभा निर्वाचन : कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने

नेपालखबर
माघ ६, २०७८ बिहिबार ८:८, काठमाडौँ

यहि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन्। 

निर्वाचन आयोगले १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो।

सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था गरी मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए।

यही माघ १२ गते राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतादाता रहने कानुनी व्यवस्था छ। 

निर्वाचन आयोगले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डमा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिन बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, सङ्क्रमित भएर आएका मतदातालाई निसङ्क्रमित गरेर छुट्टै बक्सामा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायतका विषय समेटिएका छन्।

आयोगले सात वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र तोकेको छ। 

राष्ट्रिय सभा निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गरेर पाँच दलिय सत्तारुढ गठबन्धनले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .