राजनीति


कमल थापाको आरोप : राजेन्द्र लिङ्देनको निर्णय अवैधानिक

कमल थापाको आरोप : राजेन्द्र लिङ्देनको निर्णय अवैधानिक

नेपालखबर
पुस १७, २०७८ शनिबार १४:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले गरेको निर्णय अवैधानिक भएको आरोप यस पार्टीका पूर्वअध्यक्ष कमल थापाले लगाएका छन्। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया लामा तथा सचिव धनजित लामालाई गरेको कारबाहीप्रति थापाले आपत्ति जनाएका हुन्। 

यही पुस १४ गते बसेको राप्रपाको काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिको विशेष बैठकले गरेको सिफारिसअनुसार राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको हो। 

त्यस्तो अधिकार पदाधिकारी बैठकलाई राप्रपाको विधानले नदिएको दाबी गर्दै पूर्वअध्यक्ष थापाले विरोध जनाएका हुन्।  

‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरीत छ’, थापाले शनिबार सामाजिक सञ्जालमार्फत भनेका ‘सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन।’

हालै काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदको प्रतिस्पर्धामा थापा लिङ्देनसँग हारेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .