नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भू–भागमा रहेको बताएको छ।
भारत सरकारले शनिबार जारी गरेको राजनीतिक नक्साको विषयमा आएको समाचारमा परराष्ट्र मन्त्रालयले प्रतिक्रिया व्यक्त गर्र्दै सो क्षेत्र नेपालको भएको प्रस्ट पारेको हो।
‘कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्नेमा नेपाल सरकार स्पष्ट रहेको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
परराष्ट्र विज्ञप्तिमा दुवै देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने उल्लेख छ।
‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सीमानामा रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा सामस्याको समाधान ऐतिहासिक दस्तावेज एंव तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको छ,’ परराष्ट्रले भनेको छ।


प्रतिक्रिया