राजनीति


राप्रपामा को कति मतसहित विजयी? विक्रम पाण्डे सबैभन्दा 'लोकप्रिय'

राप्रपामा को कति मतसहित विजयी? विक्रम पाण्डे सबैभन्दा 'लोकप्रिय'

फाइल फोटो


नेपालखबर
मंसिर १९, २०७८ आइतबार ७:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले पदाधिकारीतर्फ पकड जमाएका छन्। 

निर्वाचन आयोगले आइतवार बिहान भृकुटीमण्डपमा घोषणा गरेको परिणाममा थापा पक्षले पदाधिकारीमा पकड बनाएको हो। 

आयोगको विवरण अनुसार उपाध्यक्ष, महामन्त्रीसहितका पदमा थापाको प्यानलबाट उठेकाहरुले जित निकालेका छन्।

राप्रपामा सबैभन्दा धेरै भोट विक्रम पाण्डेलाई खसेको छ। पराजित थापा र विजयी राजेन्द्र लिङ्देन दुवै प्यानलबाट उनी उपाध्यक्षमा उठेका थिए।

तर उनी मतदानअघि निर्वाचन प्रचारका क्रममा खुलेर लिङ्देनको पक्षमा भोट माग्दै हिँडेका थिए। उनले उपाध्यक्षमा सर्वाधिक २५ सय २१ मत ल्याएका छन्। 

त्यस्तै अन्य उपाध्यक्षमा बुद्धिमान तामाङ १९४४ मतसहित विजयी हुँदा १८१४ मतसहित थापा प्यानलकै ध्रुवबहादुर प्रधानले पनि उपाध्यक्ष पद पक्का गरेका छन्। 

त्यस्तै कमल थापा प्यानलकै रोशन कार्की पनि महिला उपाध्यक्षमा १६८९ मतसहित विजय भइन्। 

उता सुरुबाटै लिङ्देनलाई बलियो साथ दिएका धवलशम्शेर राणाले महामन्त्री पदमा सबैभन्दा धेरै २२ सय २१ मतसहित जित निकाले। 

कमल थापाले माइनस गरेपछि विद्रोह गर्दै नेपालगञ्जका मेयर राणाले सुरुबाटै लिङ्देन प्यानल बनाएर महाधिवेशनमा होमिएका थिए। अर्को महामन्त्रीमा थापा प्यानलका भुवन पाठक १८०५ मतसहित विजयी भएका छन्। 

महिला महामन्त्रीमा थापा प्यानलकी कुन्ती शाही विजयी भएकी छन्। उनले नायिक रेखा थापालाई हराइन्। लिङ्देन प्यानलकी थापाले १६४० मत ल्याउन सफल भइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .