धनकुटामा नेपाली कांग्रेसको संस्थापन पक्षीय उम्मेदवार जिल्ला सभापतिमा विजयी भएका छन्।
सार्वजनिक मतपरिणाअनुसार ५०४ मत प्राप्त गर्दै दिनेश राई कांग्रेसको धनकुटा जिल्ला सभापति बनेका हुन्। उनका प्रतिस्पर्धी कमोठ फागोले ४७० मत पाएका छन्।
यस्तै उपसभापतिमा सुनिल डंगोल (४६६) र निर्मल ओझा (४३०) विजयी भएका छन् भने सचिव पदमा सन्तोषी राई (६२६) र जयन्द्र घिसिङ (४३९) चुनिएका छन्।
यस्तै सहसचिवमा गिरिजा दाहाल (५१८) र रोशन श्रेष्ठ (४६६) विजयी भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
54
Shares
प्रतिक्रिया