राजनीति


कांग्रेस दाङको सभापतिमा शंकर डाँगी विजयी

कांग्रेस दाङको सभापतिमा शंकर डाँगी विजयी

सुदीप भण्डारी
मंसिर १२, २०७८ आइतबार १४:३७, काठमाडौँ

नेपाली कांग्रेस दाङको जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन्।

अधिवेशन अन्तर्गत शनिवार भएको मतदानबाट हाल जिल्ला सचिव रहेका डाँगीले सबैभन्दा बढी ७ सय ७६ मत ल्याएका थिए। मतदानमा कूल २१३७ मत खसेको थियो।

चार प्रतिष्पर्धी मध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि विधान अनुसार बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गर्नुपर्ने थियो। तर दोस्रो चरणका प्रतिष्पर्धी भुपबहादुर डाँगीले उमेद्वारी फिर्ता लिएपछि शंकर सभापतिमा निर्वाचित भएका हुन्।

यसअघि दाङ २ का क्षेत्रीय सभापति रहेका भुपबहादुरले ४५६ मत प्राप्त गरेका थिए। जिल्ला सभापतिमा अन्य दुई प्रतिष्पर्धीमध्ये जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए।

जिल्ला सभापतिमा निर्वाचित डाँगी संस्थापन इतर समूहका हुन् भने ३ जना संस्थापन पक्षधर हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .