ad ad

राजनीति


प्रधानमन्त्री ओलीले किन बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक?

प्रधानमन्त्री ओलीले किन बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक?

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १०:८,

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

आजै दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। सो बैठकले मेडिकल काउन्सिलको अध्यक्षतामा भगवान कोइरालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठककै बीचमा बैठक छाडेर शिक्षण अस्पताल पुगेका थिए। करिब १५ मिनेटमा बैठकस्थलमा फर्किएका प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा छातीको एक्सरे गरेको स्रोतले बतायो। प्रधानमन्त्री फर्केपछि केही समय बसेर बैठक सम्पन्न भएको थियो।

पहिलो बैठक सकिएको केही समयमै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा पुनः मन्त्रिपरिषदको बैठक बोलाएपछि मन्त्रीहरु नै अचम्ममा परेका छन्।

‘प्रधानमन्त्री ज्युले आकस्मिक बैठक बोलाउनु भएको छ’, नेपालखबरसँग कुरा गर्दै एक मन्त्रीले भने, ‘तर, बैठकका एजेन्डाबारे केही बताउनु भएको छैन।’

आइतबार बस्ने मन्त्रिपरिषद बैठकले विशेष निर्णय गर्ने चर्चा चलेपछि यसअघि बसेको बैठकले कुनै ठूलो निर्णय गरेको थिएन। आकस्मिक बैठकमा कुनै गम्भीर विषयमा निर्णय हुनसक्ने ती मन्त्रीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .