राजनीति


समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरण आवश्यकः मुख्यमन्त्री पोखरेल

समृद्धिका लागि सामाजिक, आर्थिक रुपान्तरण आवश्यकः मुख्यमन्त्री पोखरेल

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार १२:३०,

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुकको समृद्धिका लागि सामाजिक एवम आर्थिक रुपान्तरण आवश्यक रहेको बताएका छन्।

मदन भण्डारी फाउन्डेसन कास्कीद्वारा आज पोखरामा आयोजित ‘समृद्धि र यसका चुनौती’ विषयक विचारगोष्ठीमा उनले समाजमा सकारात्मक सोंचको खाँचो रहेको औँल्याए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन जनस्तरबाट लाग्नुपर्नेमा जोड दिए। मुलुकमा राजनीतिक अधिकार प्राप्तिका लागि भएको विद्रोहको मानसिकतामा परिवर्तन आउन नसक्दा आर्थिक समृद्धि प्राप्तिका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले जनतामा सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

मुलुकको दिगो विकासका लागि साधारणतर्पm भन्दा पनि पूँजीगत खर्च बढी हुनुपर्ने र त्यसका लागि सङ्घ र स्थानीय सरकारभन्दा प्रदेश सरकार अगाडि रहेको धारणा राखे। मुलुकको समृद्धिका लागि तीनै तहका सरकारले वातावरण तयार गरेर जनतालाई उत्पादनसँग जोड्न अपरिहार्य र उत्पादनमा वृद्धि गरी आत्मनिर्भरतातर्फ लाग्नुको विकल्प नरहेको उनको भनाइ थियो। सङ्घीयतासँगै सिंहदरबारको अधिकार जनताको घर–आँगनमा आएको उल्लेख गर्दै उनले तीन तहका सरकारको केही खर्च बढेको भए पनि जनताको खर्च भने घट्दै गएको बताए।

नेकपा स्थायी कमिटी सदस्य एवम फाउन्डेसनका केन्द्रीय सदस्य सोमनाथ अधिकारी प्यासीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीले अगाडि सारेका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे। पार्टीको विचार, सिद्धान्त र सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मुलुक र जनताका पक्षमा सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताए।

नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न वर्तमान अवस्थामा देखिएका चुनौतीको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए।

फाउन्डेसनको कास्की अध्यक्ष माधव बाँस्तोलाले फाउन्डेसनले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी आप्mना गतिविधि सञ्चालन गर्दै आएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad