ad ad

राजनीति


माधव नेपालको पार्टीका प्रस्तावित चितवन जिल्ला अध्यक्ष एमालेमै फर्किए

माधव नेपालको पार्टीका प्रस्तावित चितवन जिल्ला अध्यक्ष एमालेमै फर्किए

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १४:३८, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी चितवनका प्रस्तावित जिल्ला अध्यक्ष तेजबहादुर खड्का एमालेमै फर्किएका छन्। 

नेपाल नेतृत्वको समाजवादीका प्रस्तावित चितवन जिल्ला कमिटी अध्यक्ष खड्का एमालेमै फर्किएर सक्रिय भएका छन्। 

असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गरिरहेका खड्का समाजवादी पार्टीको वडा कमिटी गठन कार्यक्रममा समेत सहभागी भइरहेका थिए। 

दल विभाजनसम्बन्धी अध्यादेशबाट एमाले फुटाएपछि उनी समाजवादीतिर लागेका थिए। तर उनले उनले अब आफू एमालेमै रहने बताएका छन्। 

एमाले विभाजित भएपछि निष्क्रिय रहेका उनी एमाले चितवनको शुक्रबारदेखि सुरु बैठकमा सहभागी भएका छन्। 

खड्काले समाजवादीको जिल्ला अध्यक्ष बन्न नमानेपछि डा. कृष्ण पन्तलाई त्यस स्थानमा ल्याइएको छ।

खड्काले एमालेको चितवनको तेस्रो पूर्ण बैठकमा उपस्थित भएर टुटफुटमा नलाग्न पनि आग्रह गरेका छन्। 

एमालेको तत्कालीन जिल्ला उपाध्यक्ष खड्कालाई प्रदेश कमिटीको सदस्य बनाइएको छ। खड्काको नेतृत्वमा पार्टी एकता संयोजन कार्यदल पनि बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .