ad ad

राजनीति


परराष्ट्रमन्त्री खड्काद्वारा पूर्वअमेरिकी विदेशमन्त्रीकाे निधनमा दुःख व्यक्त

परराष्ट्रमन्त्री खड्काद्वारा पूर्वअमेरिकी विदेशमन्त्रीकाे निधनमा दुःख व्यक्त

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १७:४८, काठमाडौँ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री कोलिन पावेलको निधनमा दुःख व्यक्त गरेका छन्। 

पावेलको निधनप्रति शोक ब्यक्त गर्दै मन्त्री खड्काले अमेरिकी समकक्षी एन्टोनी ब्लिंकनलाई समवेदना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सन्देशमा खड्काले पावेलको सन् २००२ मा भएको नेपाल भ्रमण र उनले नेपाल अमेरिका सम्बन्ध विस्तारमा खेलेको योगदानको स्मरण गरेका छन्। 

पावेलको कोरोना संक्रमणका कारण सोमबार अमेरिकामा निधन भएको थियो  उनी नेपाल भ्रमण गर्ने एकमात्रै अमेरिकी विदेशमन्त्री हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .