ad ad

राजनीति


आज मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड

आज मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड

टीभी पञ्चली ऐट.के को उद्घाटन समारोहलाई सम्बो्धन गर्दैै प्रचण्ड।


नेपालखबर
असोज २१, २०७८ बिहिबार ९:४७, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरूको शपथ हुने बताएका छन्। 

आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा आज शपथ कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन्। 

टीभी पञ्चली एट.के को उद्घाटन समारोहमा प्रचण्डले भने, ‘‘आज शपथ ग्रहण हुन्छ होला, क्याबिनेटले पूर्णता पाउँछ होला।’

यस क्रममा प्रचणडले आफू जहिले उत्पीडित वर्गलाई अगाडि ल्याउन प्रयासरत रहेकाे बताउँदै आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, जनजाित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी पनि दिए। 

यो पनि : ​प्रचण्ड मुभ : गुट भत्काउने घोषणा, आफ्ना ‘खास मान्छे’ मन्त्री सिफारिस

प्रचण्डले आजै मन्त्रिपरिषदले पूर्णता पाउने विश्वास व्यक्त गरे पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीले यो खबर लेख्दासम्म आफ्ना पार्टीबाट बनाउनुपर्ने मन्त्रीको नाम टुंगो लगाइसकेका छैनन्। यस्तै जनता समाजवादी पार्टी पनि बिहानैदेखि मन्त्री छान्न छलफलमा जुटेको छ।  

–​आफ्नै पार्टीभित्र मन्त्री भाग मिलाउन मुस्किल पर्‍याे देउवालाई, पौडेल समूहमै अर्काे रडाको

–​मन्त्रीको नाम टुंगो लगाउन जसपाका शीर्ष नेता बिहानैदेखि छलफलमा, को को छन् सूचीमा?

प्रत्यक्ष सुन्नुहोस् प्रचण्डको सम्बोधन​
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .