राजनीति


आज भारत जाँदै कांग्रेस नेताको टोली

आज भारत जाँदै कांग्रेस नेताको टोली

नेपालखबर
असोज २१, २०७८ बिहिबार १०:८, काठमाडौँ

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा आज (बिहीबार) सत्तारूढ नेपाली कांग्रेसका नेताहरू भारत भ्रमणमा जाँदै छन्। 

भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाल भ्रमण गरेको केही हप्तापछि नै कांग्रेसको टोली भारतको भ्रमणमा जान लागेको हो। 

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट दोस्रो तहका नेताहरूलाई राजनीतिक दूतका रूपमा भारत पठाउन लागेका हुन्।  

सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस नेतको टोली आज बिहान ११ बजे नेपाल वायु सेवा निगमको जहाजमार्फत जाने कार्यक्रम छ। 

भ्रमण टाेलीमा डा. महतसहित नेताहरू अजय चौरसिया, उदयशमशेर राणा सहभागी हुने डा.महतकाे सचिवालयले जनाएकाे छ।

चार दिनसम्म भारत रहने टोलीले भाजपाका उच्चस्तरका नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ। 

यसअघि डा. महतले चौथाइवालेलाई नेपाल भ्रमणमा निम्त्याएका थिए।

त्यस क्रममा उनलाई प्रधानमन्त्री देउवाकी पत्नी आरजु देउवा राणाले रक्षाबन्धन बाँधिदिएकी थिइन्। 

डेढ महिनाअघि काठमाडौंमा रहँदा चौथाइवालेले सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी एमाले र अन्य दलका नेताहरूसँग भेटवार्ता गरेका थिए। 

चौथाइवालेको नेपाल भ्रमण कांग्रेस नेतृत्वको सरकारसँग सम्बन्ध सुधार गर्ने दिल्लीको प्रयास मानिएको थियो। ​

चौथाइवालेलेको यो दोस्रो नेपाल भ्रमणसँगै नेपालका राजनीतिक दलहरूसँग भारतको सत्तारुढ भाजपाले सम्बन्ध विस्तार गर्न खोजेको प्रमाण मानिएको छ। अहिले हुन लागेको कांग्रेस टोलीको भारत भ्रमण त्यही प्रयासअन्तर्गत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .