ad ad

राजनीति


पदाधिकारी बैठकअघि पौडेल पक्षले बोलायो गुटको बैठक

पदाधिकारी बैठकअघि पौडेल पक्षले बोलायो गुटको बैठक

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०७८ बुधबार १२:३२, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पदाधिकारी बैठकअघि गुटको बैठक बोलाएका छन्। 

मन्त्रिपरिषद् तथा १४औँ महाधिवेशनका बारेमा छलफल गर्न पौडेल समूहले गुटको बैठक बोलाएको हो।  

महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा दिउँसो १ बजे पौडेल समूहको बैठक बस्न लागेको हो। 

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका थिए। 

मन्त्रिपरिषद् विस्तारसँगै महाधिवेशनका बारेमा छलफल गर्न उनले सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन्। 

सभापतिले पदाधिकारी बैठक बोलाएपछि नेता पौडेलले आफूपक्षीय नेताहरुको छुट्टै बैठक बोलाएका हुन्। 

पौडेल समूह कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि असन्तुष्ट देखिएको छ।

 ‘एकलौटी रुपमा त्यसरी मन्त्री बनाउन हुँदैनथ्यो। यसका बारेमा पदाधिकारी बैठकमा हामी कुरा गर्छौँ’, पौडेल समूहका एक नेताले नेपालखबरसँग भने, ‘पदाधिकारीअघि पनि हामी बसेर छलफल गर्छौैँ।’

उनले मन्त्रिपरिषदमा सहभागी गराउने नेताको नामका बारेमा पनि महाराजगञ्ज बैठकमा छलफल हुने जानकारी दिए।

 ‘मन्त्रिमण्डलमा जाने नेताको नाम मागिएको छ। यो बारे पनि हामी छलफल गर्छौँ’, तीन नेताले भने, ‘महाधिवेशनका बारेमा पनि कुराकानी होला।’

सत्तारुढ गठबन्धनले मंगलबार बेलुकी परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले डा. खड्कालाई नियुक्त गरेका छन्। 

नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्काले बुधबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .