ad ad

राजनीति


राजदूतलाई खगेन्द्र संग्रौलाको प्रश्न : एउटै नाथेले किन पदत्याग नगरेका?

राजदूतलाई खगेन्द्र संग्रौलाको प्रश्न : एउटै नाथेले किन पदत्याग नगरेका?

नेपालखबर
असोज ६, २०७८ बुधबार ९:११, काठमाडौँ

वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने वर्तमान सरकारको निर्णयमाथि प्रश्न गरेका छन्।

केपी ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा नियुक्त गरेका नौ देशका राजदूतलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार फिर्ता बोलाउने निर्णय गरेको थियो। 

संग्रौलाले सामाजिक सञ्जालमार्फत राजदूतको नियुक्ति र फिर्ता बोलाउने सरकारी निर्णयप्रति सामाजिक सञ्जालमा तीनवटा प्रश्न गरेका हुन्।

‘राजदूतजति जम्मै फिर्ता गरिँदा मनमा उठेका तर्कना,’ भन्दै संग्रौलाले बुधबार बिहान सामाजिक सञ्चालमा प्रश्न गरेका छन्, ‘राजनीतिक नियुक्ति दलाली बापत पाएको बकस हो र  राजदूतजति जम्मै फिर्ता गरिनुपर्ने?’

संग्रौलाका अन्य दुई प्रश्न यस्ता छन्- यीमध्ये कायम राख्न सकिने लायक राजदूत एउटै पनि नठहरिने? नयाँ मालिकले निकाला गर्ने निश्चित हुँदाहुँदै एउटै नाथेले पनि किन पदत्याग नगर्ने?

सरकारले महेन्द्रबहादुर पाण्डे (चीन), डा.वंशीधर मिश्र (बंगलादेश), नारदमुनि भारद्वाज (कतार), युवराज खतिवडा (अमेरिका), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), दावाफुटी शेर्पा (स्पेन), डा.निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका) र नीलाम्बर आचार्य (भारत) का लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .