ad ad

राजनीति


गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले भने : मन्त्रीहरूको नाम चाँडो दिनुस्

गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले भने : मन्त्रीहरूको नाम चाँडो दिनुस्

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार ११:५५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दललाई मन्त्री बन्ने नेताको नाम चाँडो उपलब्ध गराउन आग्रह गरेका छन्। 

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)​ मा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले आफू छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णता दिने विचारमा रहेको बताएका हुन्। 

बैठकमा सहभागी एक नेताका अनुसार त्यस क्रममा प्रधानमन्त्री देउवाले आफूहरूलाई चाँडो मन्त्रीको सूची दिन आग्रह गरेका हुन्। 

ती नेताका अनुसार बैठकमा देउवाले भने, ‘एकदमै ढिलो भइसकेको छ, पार्टीमा सल्लाह गरेर मन्त्रीहरू नाम चाँडो टुंगो लगाउनुस्।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल सहभागी भएका थिए। 

नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनको मन्त्रिमण्डलमा अहिले ४ मन्त्री र एक जना राज्यमन्त्री मात्र छन्। सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै देउवाको आलोचना भइरहेको छ।

गठबन्धनका दलबीच पटकपटक छलफल भए पनि अहिलेसम्म टुंगोमा पुग्न सकेका छैनन्। हिजो बिहीबार पनि एकै दिन उनीहरूबीच तीनपटक बैठक भएका थिए। 

यो पनि–

सत्तारुढ दलबीच बिहीबारै तीन बैठक, मन्त्रिपरिषद् विस्तार तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .