राजनीति


एमसीसीको टोलीले भेट्यो जसपा अध्यक्ष यादव र भट्टराईलाई

एमसीसीको टोलीले भेट्यो जसपा अध्यक्ष यादव र भट्टराईलाई

नेपालखबर
भदौ २४, २०७८ बिहिबार २२:३८, काठमाडौँ

नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले बिहीबार साँझ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेको छ।

बिहीबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेको टोलीले साँझ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई र अध्यक्ष यादवलाई भेटेको हो।

डा. भट्टराईले नै अमेरिकी टोलीसँग भेटको पुष्टि गरेका हुन्। उनले भेटका क्रममा एमसीसीबारेमा नेपालमा प्रमुख दलहरुबीच सहमति गरेर आवश्यक निर्णय गरिने बताएको जानकारी दिएका छन्। 

'नेपाल भ्रमणमा रहेका  एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल भएको छ', उनले भनेका छन्, 'एमसीसीबारेमा प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी गराएको छु।'

एमसीसीलाई लिएर नेपालमा दलहरु विभाजित छन्। प्रमुख सत्तारुढ दल कांग्रेस पास गर्नुपर्ने अडानमा छ। प्रमुख प्रतिपक्षी एमालेले पहिले सत्ताधारीले आफ्नो पोजिसन क्लियर गर्नुपर्ने अडान लिएको छ।

अर्कातिर माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी संशोधन नगरी पास गर्न नसकिने पक्षमा उभिएका छन्। 

सत्ता साझेदार जनता समाजवादी पार्टीले यसबारेमा केही निर्णय नलिएका बेला एमसीसी टोलीले डा. भट्टराई र यादवलाई भेटेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .